मित्र थापा
गौमुखी । गौमुखी गाउँपालिका वडा नम्वर १ स्थित अर्खा माध्यमिक विद्यालय अर्खामा आधारभूत तथा माध्यमिक तह स्तरीय विज्ञान शैक्षिक सामाग्री प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । आधारभूत तह तर्फ प्रथम ज्ञानोदय आधारभुत विद्यालयका विद्यार्थी विमल पुन, चञ्चल पुन र हेम बहादुर बुढा, द्वितीय गौमुखी आधारभुत विद्यालयका विद्यार्थी तिजमनी थापा, तृतीय अर्खा माध्यमिक विद्यालयका विद्यार्थी सूर्य थापा को समुह भएको छ । विजेतालाई क्रमशः ३ हजार, २ हजार र एक हजार रुपियाँ पुरस्कार प्रदान गरिएको छ ।


माध्यमिक तह तर्फ प्रथम गौमुखी माध्यमिक विद्यालयका विद्यार्थी अविस के.सी., द्वितीय अर्खा माध्यमिक विद्यालयका विद्यार्थी आकाश थापा, मनोज थापा र तृतीय भृकुटी माध्यमिक विद्यालयका विद्यार्थी सुजन के.सी. भएका छन् । विजेतालाई क्रमश ः ३ हजार, २ हजार र १ हजार रुपियाँ पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि गौमुखी गाउँपालिका उपाध्यक्ष महाबीर रानाले नमूना ज्वालामुखी परीक्षण गरी कार्यक्रमको उत्घाटन गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सेरु गिरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रमेश बुढाले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय