प्यूठान । प्यूठान- भालुवाङ सडक अन्तरगत गर्जेनीमा सुख्खा पहिरो झरेर एक्साभेटर पुरिएको छ । माण्डबि गाउँपालिका-१ गर्जेनि स्थित सडक डिभिजन कार्यालयको एक्साभेटर हिजो पुरिएको हो ।
पहिरो हटाउने क्रममा राखिएको ०४२-०४४ नम्बरको एस्काभेटर पुरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक केशव केसीले जानकारी दिनुभयो । उक्त घटनामा मानवीय क्षति नभएको केसीले बताउनुभयो ।



S.K. Creative Media Group