गुल्मी गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर–१ को वडा अध्यक्ष पदका लागि भएको उप–निर्वाचनमा ५७ दशमलव १ प्रतिशतले मतदान गरेका छन् ।  २ हजार ३३४ जनाले मतदान गरेको जिल्ला निर्वाचनको कार्यालयका निर्वाचन अधिकृत रिषिराम घिमिरेले बताउनुभयो ।

वडामा ४ हजार ५१ जना मतदाता रहेका थिए । अहिले सबै मतदान केन्द्रबाट मत पेटीका मतगणना हुने स्थल पौदी अमराई वडा कार्यालयमा ल्याइदैछ ।

मतपेटीकाहरु सवै ल्याएपछि सर्वदलीय बैठक बसेर मतगणना आजै गरिने प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताउनुभयो  ।त्यसका लागि पनि गणना स्थल पौदीअमराईमा तयारी गरि सकिएको छ ।

वडाअध्यक्षका निर्वाचनका लागि ३ वटा मतदान स्थल र ५ वटा मतदान केन्द्र तोकिएको थियो । वडाअध्यक्ष का लागि ८ जना चुनावी प्रतिसस्पर्धामा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय