रुकुम पूर्व । रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाको उपनिर्वाचनमा ५३.०५ प्रतिशत मत खसेको छ । आइतबार भएको निर्वाचनमा यस गाउँपालिकाको १४ वटा वडाको २२ वटा मतदान केन्द्रबाट कुल मतदाताको ५३.०५ प्रतिशत मत खसेको हो । जसमा ४६.९५ प्रतिशत मत नखसेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

११ हजार १ सय ८० जना मतदाता रहेकोमा ३ हजार ९६ महिला र २ हजार ८ सय ३५ पुरुष गरी जम्मा ५ हजार ९ सय ३१ जनाले मतदान गर्नु भएको सहायक निर्वाचन अधिकृत इश्वरीप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

यस्तो छ कुन मतदान केन्द्रमा कति मत खसेको विवरण पुथाउत्तरगङ्गा–१ मावि मैकोट मतदान केन्द्रमा ९ सय ४६ मतदाता रहेकोमा ५ सय ५२ मत खसेको छ ।

यसैगरी वडा नम्बर २ को आवि हार्दिबाङ मतदान केन्द्रमा १ सय २२ मतदाता रहेकोमा ९२ मत खसेको छ । वडा नम्बर २ कै आवि पेल्मा मतदान केन्द्रमा ३ सय ८२ मतदाता रहेकोमा २ सय ६७ मत खसेको छ ।

वडा नम्बर ३ को आवि रन्मामैकोट मतदान केन्द्रमा ३ सय ९० मतदाता रहेकोमा २ सय ४४ मत खस्दा वडा नम्बर ४ को आवि अर्जल मतदान केन्द्रमा ४ सय ८३ मतदाता रहेकोमा २ सय ९० मत खसेको छ । वडा नम्बर ५ को आवि काजरजं मतदान केन्दमा १ सय १५ मतदाता रहेकामा ८० मत खसेको छ । वडा नम्बर ५ कै मावि हुकाम मतदान केन्द्रमा ७ सय ३४ मतदाता रहेकोमा ४ सय २६ मत खसेको छ ।

वडा नम्बर ६ को मावि मयाङ मतदान केन्द्रमा ३ सय ५२ मतदाता रहेकोमा २ सय २३ मत खसेको छ । वडा नम्बर ७ को मावि जाङ मतदान केन्द्रमा ३ सय ४ मतदाता रहेकोमा १ सय ८१ म्त खसेको छ । ७ नम्बर वडाकै आवि खारखोला मतदान केन्द्रमा १ सय ४५ मतदाता रहेकोमा ६० मत खसेको छ ।

वडा नम्बर ८ को मावि रिबाङचउर मतदान केन्द्रमा ८ सय ४१ मतदाता रहेकोमा ५ सय ६ मत खसेको छ । वडा नम्बर ९ मावि खाराबाङ मतदान केन्द्रमा ५ सय ७७ मतदाता रहेकोमा ३ सय १७ मत खसेको छ ।

वडा नम्बर १० को आवि घुम्लिबाङको मतदान केन्द्रमा २ सय ५२ मतदाता रहेकोमा १ सय २८ मत खसेको छ । १० नम्बर वडाकै मावि तकसेरा (क) मतदान केन्द्रमा ५ सय ८८ मतदाता रहेकोमा २ सय ३७ मत खस्दा (ख) मतदान केन्द्रमा ६ सय १८ मतदाता रहेकोमा २ सय ५२ मत खसेको छ ।

वडा नम्बर ११ को आवि सेराबालुवा मतदान केन्द्रमा ९ सय ५८ मतदाता रहेकोमा ३ सय २३ मत खसेको छ । ११ नम्बर वडाकै आवि दमचन मतदान केन्द्रमा ३ सय ५ मतदाता रहेकोमा १ सय ५९ मत खसेको छ । वडा नम्बर १२ को मावि कोल (क) मतदान केन्द्रमा ६ सय ४४ मतदाता रहेकोमा ३ सय ३१ मत खस्दा (ख) मतदान केन्द्रमा ६ सय ९५ मतदाता रहेकोमा ३ सय ३७ मत खसेको छ ।

वडा नम्बर १३ को आवि पिपलटुङ मतदान केन्द्रमा ६ सय ३३ मतदाता रहेकोमा २ सय ४६ मत खसेको छ । वडा नम्बर १४ मावि राङ्सी (क) मतदान केन्द्रमा ५ सय ३२ मतदाता रहेकोमा ३ सय १० मत खस्दा (ख) मतदान केन्द्रमा ५ सय ६४ मतदाता रहेकोमा २ सय ५९ मत खसेको छ ।

पुथाउत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्ष पदको लागि निर्वाचन भएको हो । जसमा नेकपा माओवादी केन्द्रबाट उपाध्यक्ष पदमा नरपुरा बुढा पुन हुनुहुन्छ भने एमाले–काँग्रेसको संयुक्त उपाध्यक्ष पदको उम्मेदवार केशकुमारी तुलाचन हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय