गुल्मी । मुसिकोट नगरपालिका वडा  १ को वडा ध्यक्षमा नेपाली कांग्रेसका आनन्द श्रेष्ठ विजयी हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा श्रेष्ठ एक हजार १८४ मत प्राप्त गर्दै विजयी हुनुभएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उहाँका निकटम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार दलबहादुर थापाले ९३० मत प्राप्त गर्नुभयो । नेकपा (माओवादी केन्द्र) का उम्मेदवार दुर्गाबहादुर विकले १४३ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास थापाले ४३ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका इश्वरी खाती क्षत्रीले ५ मत प्राप्त गर्नुभयो ।

त्यस्तै, हात मिलाएको चुनाव चिन्ह लिनुभएका स्वतन्त्र उम्मेदवारले एक मत प्राप्त गर्नुभयो । २८ मत बदर भएको छ । कुल चार हजार ९१ मतदाता रहेको यस वडामा दुई हजार ३३४ मत खसेको थियो । २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष मोहन घिमिरेको निधन भएपछि  उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय