बर्दिया । ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ वडाअध्यक्ष पदमा नेपाली काँग्रेसका अमिन थारुले फराकिलो अग्रता लिएर बिजयी हुनु भएको छ।

नेपाली काँग्रेसका अमिन थारूले १ हजार  ४३ मत प्राप्त गरेर बिजयी हुनुभयो । दोस्रो स्थानमा नेकपा माओवादी केन्द्रका शेरबहादुर थारु हुनुभयो, उहाँले ६७८ मत प्राप्त गर्नुभयो । तेस्रो स्थानमा रहनु भएका नेकपा (एमाले) का बिष्णु देवकोटाले ३३७ मत मात्र प्राप्त गर्नुभयो ।

मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ३ हजार ५१० मतदाता रहेको सो वडामा २ हजार २३९ मत खसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय