काठमाडौं । मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघको अध्यक्ष पदका लागि ५ जनाले उम्मेदवारी दिएका छन । सूचीअनुसार अध्यक्षका लागि कमल गिरी, देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश बिष्ट र लालसिंह (एलएस) लामाको उम्मेदवारी परेको छ ।

गिरीले प्रेस सेन्टर नेपाल नेतृत्वको संयुक्त प्यानलबाट उम्मेदवारी दिनुभएको हो भने शर्माले प्रेस चौतारीसहित प्यानलबाट उम्मेदवारी दिनुभएको हो । त्यसैगरी, बिष्टले स्वतन्त्र उम्मेदवार हुनुहुन्छ ।

त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईं, दामोदरप्रसाद दवाडी, दीपक आचार्य र रोशन पुरीसहित चारजनाको उम्मेदवारी परेको छ । चौलागाई चौतारी नेतृत्वको प्यानलका उम्मेदवार हुनुहुन्छ । पुरी प्रेस सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुनुहुन्छ।

उपाध्यक्ष महिलामा गंगा पौडेल बराल र नितु पण्डितको उम्मेदवारी परेको छ । बराल प्रेस सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुनुहुन्छ भने पण्डित चौतारी नेतृत्व प्यानलको उम्मेदवार हुनुहुन्छ । त्यसैगरी, महासचिवमा जन्मदेव जैसी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेको उम्मेदवारी परेको छ । जसमा दाहाल चौतारी नेतृत्वको प्यानलबाट उम्मेदवार हुनुहुन्छ भने न्यौपाने सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार हुनुहुन्छ।

५२ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि १ सय ३३ जनाको उम्मेदवारी परेको छ । महासंघको निर्वाचन कार्यतालिका अनुसार शुक्रबार बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्न समयसीमा तोकिएकामा उक्त समयसीमाभित्र ४७ पदका लागि एक सय ३३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय