जाजरकोट । जाजरकोटमा जिप दुर्घटना हुँदा चालक सहित पाँच जनाको मृत्यु भएको छ । बुधबार राति नलगार्ड नगरपालिका- ३ बिरखोला कैना–कड्के सडक खण्ड स्थितमा कालीमाटीबाट करुवा जादै गरेको ग.३ च.९८४५ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटनामा परेको हो ।
सडकबाट करीब ८०० मिटर तल खस्न गई दुर्घटना हुँदा उक्त जिपका चालक जाजरकोट नलगाड नगरपालिका–३ करुवा निवासी ३२ बर्षका ईन्द्रजित थापा, सोही ठाँउकी ६५ बर्षिया शिला पुन, ३२ बर्षकी सारदा थापा, १८ बर्षकी लक्ष्मी पुन रोका र उनको एक महिनाको आलोचना रोकाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएस्पी पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो ।
जीप दुर्घटना भएपछि घाइते भएका सात जनालाई स्थानिय र प्रहरीले उद्धार गरि नगर दल्लीमा लगिएकोमा उपचारको क्रममा ५ जनाको मृत्यु भएको हो । घाइते नलगाड ३ का जनक थापाको उपचार भैरहेको छ भने २१ बर्षको जीवन बि.क को डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।



S.K. Creative Media Group