रुपन्देही । रुपन्देहीको बुटवलस्थित तिनाउ पुलमा बोलेरो जिप दुर्घटना हुँदा दम्पत्तीसहित ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर २ ढाकावाङ्ग निवासी हाल बुटवल–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय हरि न्यौपाने रहेका छन ।

गौरी खनाललाई दमको उपचारका लागि नयाँ गाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याउने क्रममा जिप अनियन्त्रित भई पुलको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । तिनाउ पुल पार गरिसकेपछिको मोडमा जिप अनियन्त्रित भई ठाेक्किएकाे उहाँले बताउनुभयो ।

उक्त जिप बुटवल स्थित अर्घाखाँची क्याटरिङको रहेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय