प्यूठान । ऐरावती गाउँपालिकाका किसानलाई नश्ल सुधारका लागि उन्नत जातका व्याड बोका वितरण गरिएको छ । कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता परियोजना अर्न्तगत पालिकाभित्र रहेका ५२ वटा समुहलाई ब्याड बोका वितरण गरिएको हो ।

बुधबार र विहिबार गरि ५२ वटा बोका वितरण गरिएको परियोजना संयोजक नारायणलाल श्रेष्ठले जानकारी दिनुभयो । ऐरावती गाउँपालिका, हेफर प्रोजेक्ट नेपाल र मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रको साझेदारीमा पालिकामा परियोजना लागु भएको उहाँले जानकारी दिनुभयो । पालिकाभित्र रहेका ६ वटा वडामा परियोजना अर्न्तगत ५२ वटा समुहमा कृषि तथा पशुपालनको व्यावसायिकरणमा काम गर्दै आएको उहाँले बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले पालिका भित्र कृषि तथा पशुपालनको क्षेत्रमा उत्पादन र उत्पादकत्व बढाउन परियोजनाले काम गरिरहेको बताउनुभयो । उहाँले पालिका भित्रका किसानहरुको लागि नै लक्षित गरेर परियोजना सञ्चालन भएकाले यसबाट किसानले बढीभन्दा बढी फाईदा लिन आग्रह गनुृभयो । परियोजना सम्पन्न हुनेबेलासम्म पालिकाबाट अरु पालिका तथा जिल्लामा निकासी गर्ने गरि उत्पादन बढाउन किसानलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय