काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी हुनुभएको छ । प्रेस चौतारी र प्रेस युनियनको संयुक्त प्यानलकी उम्मदेवार शर्मा निकटतम प्रतिस्पर्धी रमेश विष्टलाई १ हजार ७९ मत अन्तरले पछि पार्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
शर्माले ४ हजार २८२ मत प्राप्त गर्नुभयो भने र प्रेस युनियनको विद्रोही विष्टले ३ हजार २०३ मत प्राप्त गर्नुभयो । विष्टलाई प्रेस सेन्टर र समाजवादी प्रेस संगठनले समर्थन गरेका थिए ।



S.K. Creative Media Group