काठमाडौं । नेपाल पत्रकार महासंघको यस पटकको निर्वाचनमा नयाँ इतिहास कायम भएको छ ।
नेपाल पत्रकार महासंघले इतिहासमा नै पहिलो पटक महिला अध्यक्ष पाएको छ । प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनको संयुक्त प्यानलमा प्रेस चौतारी नेपालकी उम्मेदवार निर्मला शर्माले महासंघको केन्द्रीय अध्यक्ष जित्नु भएको छ ।
प्रेस युनियन भित्र विद्रोह गरेर प्रेस सेन्टर, समाजवादी प्रेस संगठन लगायतका संगठहरुको साझा उम्मेदवार बन्नुभएका रमेश विष्टलाई फराकिलो मतान्तरले पराजित गर्दै शर्मा नेपाल पत्रकार महासंघको पहिलो अध्यक्ष बन्नु भएको हो ।
निर्वाचनमा केन्द्रीय पदाधिकारीमा शर्मा सहित महिला उपाध्यक्ष नितु पण्डित, आदिवासी जनजाति कोटाको सचिव सविन प्रियासन, लेखा समिति संयोजक केसी लामिछाने प्रेस चौतारी नेपालबाट नै निर्वाचित हुनुभएको छ
यस पटकको निर्वाचनमा १५ जना केन्द्रीय सदस्य पनि प्रेस चौतारी नेपालको हातमा परेको छ । खुल्ला सदस्य भूपेन्द्र आचार्य रामेश्वर कार्की प्रेस चौतारीबाट निर्वाचित हुनुभएको छ ।
त्यस्तै कोशी प्रदेश भूगोलबाट केन्द्रीय सदस्य बन्नुभएका कमलमणि रिमाल पनि प्रेस चौतारी आबद्ध हुनुहुन्छ । प्रेस चौतारी नेपालकै वाग्मतीबाट नवराज पथिक, गण्डकी प्रदेशबाट कृष्ण केसी, लुम्बिनी प्रदेशबाट विकास बञ्जाडे, कर्णाली प्रदेशबाट तुलाराम पाण्डे, सुदूरपश्चिम प्रदेशबाट सुरेश पन्त, प्रतिष्ठान प्रदेशबाट सविता शर्मा, संस्थागत (एशोसिएट सदस्य) बाट पवित्रा मुडभरी, महिला मधेसी कोटाबाट रुविकुमारी रौनियार, दलित महिला कोटाबाट सावित्री रसाइली, आदिवासी जनजाति महिलाबाट देवीका घर्ती मगर, मधेसीबाट राजकरण महतो र अल्पसङ्ख्यक कोटाबाट लक्ष्मण थामी पनि केन्द्रीय सदस्य बन्नुभएको छ ।
संयुक्त प्यानलबाट उम्मेदवार बनेका तीन जनाले महासंघको प्रदेश अध्यक्ष जित्नु भएको छ । जस अनुसार कोशीमा भरत खड्का, मधेसमा श्याम बञ्जारा, कर्णालीमा विष्णुप्रसाद शर्मा प्रदेश अध्यक्ष बन्नुभएको छ ।
यस पटकको निर्वाचनमा प्रेस चौतारी नेपालका २४ जना पत्रकार महासंघका जिल्ला अध्यक्ष बन्नुभएको छ । कोशी प्रदेशमा सुवास आचार्य ताप्लेजुङ, भीम चापागाईँ इलाम, ध्रुव सुवेदी भोजपुर, हरिबोल आचार्य खोटाङ, पूर्णप्रसाद न्यौपाने ओखलढुङ्गा र सन्तोष काफ्लेको सुनसरी अध्यक्ष बन्नुभएको छ ।
यसै गरी वाग्मतीमा प्रभु जिरेल दोलखा, विनोद न्यौपाने काभ्रे, सीताराम अधिकारी धादिङ र बालकृष्ण अधिकारी मकवानपुर प्रेस चौतारी नेपालबाट जिल्ला अध्यक्ष बन्नुभएको छ ।
गण्डकी प्रदेशमा प्रेस चौतारीका माधव बराल कास्की, लक्ष्मण सापकोटा पर्वत र सुनदेवी रसाइली मुस्ताङ संयुक्त प्यानलबाट निर्वाचित हुनुभएको छ ।
लुम्बिनी प्रदेशका पाँच जिल्लामा प्रेस चौतारी नेपालका उम्मेदवार जिल्ला अध्यक्ष बन्नुभएको छ । जसमा दिनेश पाण्डे रुपन्देही, कमल तिमिल्सिना पाल्पा, अनिल खत्री गुल्मी, गणेश खनाल अर्घाखाँची र केशव पराजुली नवलपरासी हुनुहुन्छ ।
कर्णाली प्रदेशका तीन जिल्लामा प्रेस चौतारी नेपालका उम्मेदवार जिल्ला अध्यक्ष बन्नुभएको छ । जसमा कमल शर्मा दैलेख, भरतराज विष्ट कालिकोट र सरोज थापा डोल्पा हुनुहुन्छ ।
सुदूरपश्चिमका तीन जिल्लामा प्रेस चौतारी नेपालका उम्मेदवार विजयी हुनुभएको छ । जस अनुसार सुरेश धामी कञ्चनपुर, पदम सिंह बाजुरा र राजेन्द्रसिंह धामी दार्चुला निर्वाचित हुनुभएको हो ।
केही स्थान बाहेक केन्द्र, प्रदेश र जिल्लामा प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनकै उम्मेदवार विजयी हुनुभएको छ । केन्द्रीय कोषाध्यक्ष, वाग्मती प्रदेश अध्यक्ष लगायतका केही स्थानमा भने प्रेस युनियनका विद्रोही तथा प्रेस सेन्टर, समाजवादी प्रेस संगठन लगायतका संगठनहरुको एलाइन्सका उम्मेदवार विजयी हुनुभएको छ ।




S.K. Creative Media Group