बाजुरा । बाजुरा केन्द्रबिन्दु भएर शनिबार बिहान भूकम्प गएको छ। जिल्लाको पाण्डवगुफा गाउँपालिका क्षेत्रमा केन्द्रबिन्दु भएर शनिबार बिहान ४: १४ बजे ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको धक्का सुदूरपश्चिम प्रदेश, कर्णाली र लुम्बिनी प्रदेशका प्युठान सहित अन्य जिल्लामा समेत धक्का महसुस भएको बताइएको छ ।
भूकम्पले पुर्याएको क्षतिको विवरण भने आइनसकेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसअघि शुक्रबार मनाङको नेस्याङलाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको थियो ।


S.K. Creative Media Group