नेपालगन्ज । राष्ट्रिय दलित पत्रकार संघ नेपाल लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएका छन । शनिवार लुम्बिनी प्रदेशको नेपालगन्ज बांकेमा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनबाट टेकेन्द्र बस्याल (वांके)को अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जसको उपाध्यक्षमा लोकेन्द्र सुनार (प्युठान), कृष्ण दर्लान (पाल्पा) र भरत नेपाली (रोल्पा), सचिबमा अनिल नेपाली (अर्घाखाँची), सह-सचिबमा विवेक विश्वकर्मा (रुपन्देही) र अरुन कुमार नेपाली (दाङ), कोषाध्यक्षमा विधुत्मा रैका (बाँके),सदस्यहरूमा जगलाल नेपाली (रुपन्देही), सित्मती नेपाली (नवलपरासी), रामबहादुर गन्दर्भ (कपिलवस्तु), रामशरण रैदास (कपिलवस्तु), राहुल विश्वकर्मा (बर्दिया) र अनिता नेपाली (बाँके) चयन भएका छन् ।
गुल्मी र रुकुम पुर्व जिल्लाको लागि भने १/१ जना सदस्य आगामी पुर्ण बैठकबाट मनोनीत गर्ने गरि समितिको अधिवेशन सम्पन्न गरिएको निर्वाचन समितिका संयोजक भिम घिमिरेले बताउनुभयो।
अधिवेशनको उद्घाटन लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेस अग्रवालले गर्नुभएको थियो।



S.K. Creative Media Group