काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा उदयपुर रौतामाई गाउँपालिका–३ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ बस्ने ५३ वर्षीय यादबहादुर बुर्जा मगर र बारा पचरौता नगरपालिका–८ घर भई काठमाडौं भिमसेनगोला बस्ने ३५ वर्षीय संजय साह बानिया रहेका छन् ।

पक्राउमध्ये यादबहादुरले क्रोएसिया पठाइदिन्छु भन्दै दुई जना पीडितबाट पाँच लाख ७५ हजार र संजयले साइप्रस पठाइदिन्छु भन्दै एक जना पीडितबाट चार लाख ६० हजार रूपियाँ लिएको प्रहरीले जनाएको छ ।

पैसा लिइ सम्पर्कविहीन भएको पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले याद बहादुरलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ बाट र संजयलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय