बर्दिया । ७१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मधुवन नगरपालिका वडा नम्वर ४ का ६४ वर्षीय मङ्गाराम थारुलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ पुस ८ गतेको इजालसले कसुर ठहर गर्दै १२ वर्ष ६ महिना कैद सजाय, ३ लाख ५० रुपियाँ जरिबाना र २५ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालतका शाखा अधिकृत एवम् सूचना अधिकारी अमृता केसीले जानकारी दिनुभयो ।

महिलालाई ०८० जेठ १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ १३ गते इलाका प्रहरी कार्यालय, ढोढरीमा उजुरी दिएको थियो । थारुलाई प्रहरीले जेठ १३ गते गिरफ्तार गरेको थियो ।

यसैबीच, ६८ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बारबर्दिया नगरपालिका वडा नम्वर ११ का ३३ वर्षीय रामकिसुन चौधरीलाई सात वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ पुस ८ गतेको इजालसले कसुर ठहर गर्दै सात वर्ष कैद सजाय, ३ लाख रुपियाँ जरिबाना र ५० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला अदालतका शाखा अधिकृत एवम् सूचना अधिकारी अमृता केसीले जानकारी दिनुभयो ।

महिलालाई ०८० माघ १४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ २० गते इलाका प्रहरी कार्यालय, मोतिपुरमा उजुरी दिएको थियो । चौधरीलाई प्रहरीले माघ २० गते गिरफ्तार गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय