गुल्मी जिल्लामा स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । चन्द्रकोट गाउँपालिकाको मजुवादेखी शान्तिपुर जाँदै गरेको लु १७ प १६४४ नम्बरको स्कुटर सिस्नेखोलामा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

चन्द्रकोट गाउँपालिका-६ का ३० वर्षीय विनोद बिक र ४० वर्षीय किरणकुमार थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक भुपेन्द्र थापाले जानकारी दिनुभयो ।

उनीहरुको स्थलगत मुचुल्का गरी शवलाई पोष्टमार्टमका लागि जोहाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय