काठमाडौं । नेकपा एमालेले आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ । सत्तारूढ दल नेकपा एमालेले पार्टी कार्यालय च्यासलमा आज दिउसो साढे १२ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको हो ।
बैठकमा केन्द्रीय कमिटी बैठकका एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्ने कार्यसूची रहेको एमाले केन्द्रीय प्रचार तथा प्रकाशन बिभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार एमालेले यही पुस २१ र २२ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । सो बैठकको एजेण्डासहित राष्ट्रिय राजनीति र पार्टी अनुशासनको बिषयमा छलफल गर्ने कायसूची रहेको जानकारी दिनुभयो ।



S.K. Creative Media Group