गुल्मी । जिल्ला सदरमुकाम तम्घासमा रहेको महेन्द्र नमूना माध्यमिक विद्यालयका विद्यार्थीले खानाका परिकार बनाएर प्रर्दशन गरेका छन । विद्यार्थीलाई पढाईसँगै विभिन्न खानाका परिकार तयार गर्न व्यवहारिक ज्ञान प्रदान गर्ने उदेश्यले खाना महोत्सव प्रर्दशन गरिएको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मरासिनीले बताउनुभयो ।
खानाका स्थानीय परिकार तयार गर्ने र विद्यार्थीहरुलाई यस बारे जानकारी दिने उदेश्य एक दिने खाना महोत्सव राखिएको विद्यालयले जनाएको छ । विद्यार्थीलाई पुराना संस्कृति मुलक खानाको परिकार बारेमा जानकारी गराउँदै संस्कृतिको संरक्षण र प्रवर्द्धनमा कार्यक्रमले टेवा पुग्ने अपेक्षा विद्यालयले लिएको छ । महोत्सवमा विभिन्न लोपोन्मुख खाना तथा खाजाका परिकारको स्टल राखिएको थियो ।
ती स्टलमा विद्यार्थीले खानाका परिकारको बिक्रीका लागि आफैले बजार व्यवस्थापनको कार्य समेत गरेका थिए । महोत्सवमा नेवारी परिकार, मगर जातिको खानाको परिकार, गुरुङ्ग जातिको खानाको परिकार विद्यार्थीले प्रर्दशन गरेका थिए । खाना महोत्सवले परम्परागत र लोपोन्मुख खानाका परिकारको जानकारी र संरक्षण गर्ने विद्यार्थी सम्पदा पाण्डेले बताउनुभयो ।
विद्यालयले आफ्नो बार्षिक कार्य योजना अनुसार प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप हुने गर्दछ्न । जसमा शैक्षिक, खेलकुद र सांस्कृतिक कार्यक्रम पर्दछ्न । विद्यार्थीहरुले विद्यालयमा पहिलो पटक खाना महोत्सवको कार्यक्रमको माग गरेपछि अतिरिक्त क्रियाकलाप अन्तर्गत शुक्रवार फेस्टिभल कार्यक्रमको आयोजना गरिएको बिद्यालयका प्रधानाध्यापक मरासिनीले जानकारी दिनुभयो । उहाँले समुदायमा हुने स्थानीय खानेकुरा बारेमा विद्यार्थीलाई जानकारी दिदैं विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभालाई उजागर गर्न खाना महोत्सवले टेवा पुग्ने बताउनुभयो ।
खाना महोत्सवले विद्यार्थीमा आत्मनिर्भरता र सीप मुलक शिक्षाको विकास हुने बताइएको छ । सिकाइलाई सीप र व्यावहारमा जोड्नका लागि टेवा पुग्ने अपेक्षा गरिएको छ ।
पहिलो पटक बिद्यालयमा आयोजना गरिएको खाना महोत्सवमा आफ्नो सीपबाट परिकार बनाएर बिक्री गर्न पाउँदा विद्यार्थी खुसी भएका छ । स्कूलका विद्यार्थीले कला संस्कृति र पराम्पराको संरक्षण गर्ने उदेश्यले पुराना गीतमा नृत्य गरेका थिए । विभिन्न जातजाति भाषा धर्मको भेषभुषामा साना विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।




S.K. Creative Media Group