काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशनको मिति तय गरेको छ ।

एमाले सचिवालय बैठकले महाधिवेशनको मिति तोकेको हो । पार्टी अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको पार्टी सचिवालय बैठकले आगामी भदौ २० गतेदेखि २२ गतेसम्म विधान महाधिवेशन गर्ने निर्णय गरेको हो ।

महाधिवेशन ललितपुरको गोदावरी स्थित सनराइज हलमा  गर्ने निर्णय भएको पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । एमालेले पार्टीको दसौँ महाधिवेशनअघि पनि विधान महाधिवेशन गरेको थियो ।

यस्ता छन् ४४ औँ सचिवालय बैठकका निर्णयहरुः

१ माघ, फागुन र चैत्र महिनामा वडा केन्द्रित अभियान प्रभावकारी ढङ्गले सञ्चालन गर्ने । अभियानमा सम्पूर्ण पार्टी पङ्क्तिको परिचालनको योजना प्रदेश र जिल्ला कमिटीले बनाउने ।

२ अनुमोदन गर्न बाँकी रहेका गण्डकी, कर्णाली र सम्पर्क समन्वय कमिटीले गरेको प्रदेश कमिटी सदस्यको मनोनयनलाई अनुमोदन गर्ने ।

३ पार्टीको विधान महाधिवेशन २०८२ साल भाद्र २०-२२ मा ललितपुरको गोदावरी सनराज हलमा आयोजना गर्ने ।

४ वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग सहकार्य गर्दै जाने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय