काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका केही गर्छु भन्ने लाई अवसर नै अवसर भएको बताउनुभएको छ ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालद्वारा आयोजित संगठनमा प्रवेश गर्नेको स्वागत कार्यक्रम कार्यक्रमलाई शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा सम्बोधन गर्दै पोखरेलले नेपालमा अवसर छैन भन्ने कुरा नै गलत भएको बताउनुभयो । ‘जहाँ विकास भइसकेको हुँदैन, त्यहाँ सम्भावना ज्यादा हुन्छ, जहाँ विकास सम्भावना छन्, त्यहाँ केही गर्न चाहनेका लागि अवसरहरू पनि छन्’, उहाँले भन्नुभयो ।

नेपालमा स्वास्थ्य क्षेत्रका उत्पादित ८० प्रतिशत जनशक्ति विदेश जानु विडम्बनाको कुरा भएको उहाँले बताउनुभयो । देशमा जनशक्ति कम भइरहेको अवस्थामा पनि दक्ष जनशक्ति बिदेसिने क्रम चलिरहेकोले त्यसलाई रोक्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै पोखरेलले स्वास्थ्य क्षेत्र प्रभाकारी हुँदा मात्र राष्ट्र समृद्ध बन्ने बताउनुभयो । स्वास्थ्य क्षेत्र कमजोर भयो भने सामाजिक सूचकका दृष्टिले देशलाई समृद्ध र सुखी मुलुक भन्न नसकिने पोखरेलले प्रष्ट पार्नुभयो ।

अहिले पनि नेपालीको ठुलो सङ्ख्या उपचारको लागि देश बाहिर जानु पर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । उच्च र उच्चमध्यम वर्गका मानिसहरू मात्र होइन सीमावर्ती क्षेत्रका विपन्न नागरिक पनि उपचारको लागि बाहिर जाने गरेको पोखरेलले सुनाउनुभयो ।

तथापि नेपालमा आँखाको उपचारका लागि विदेशका मानिसहरू पनि आउने गरेका उहाँले बताउनुभयो । चिकित्सा क्षेत्रमा सामर्थ्य वृद्धि गर्ने हो भने नेपालमा उपचारको लागि देश बाहिरका मानिसहरू पनि आउने पोखरेलले बताउनुभयो । नेपाललाई अध्ययन र स्वास्थ्य उपचारको हिसाबले समेत पर्यटकीय क्षेत्र बनाउन सकिने सम्भावना रहेको पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय