काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले आयोजित अन्तर्राष्ट्रिय स्तरको केपी ओली कप फुटबल च्यामपियनसीपको तेस्रो संस्करणमा विभिन्न देशका ९ वटा टिमले भाग लिने भएका छन् ।

विविध सांस्कृतिक झाँकी सहित पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले फागुन ११ गते एन्फा फुटबल ग्राउण्ड सातदोवाटोमा उद्घाटन गर्ने प्रतियोगितामा नेपालका ६ वटा ए डिभिजन क्लबहरू र आयोजक सहित ७ टिम र दुई अन्तर्राष्ट्रिय टिमले भाग लिन लागेका राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष एवं प्रवक्ता कृष्णहरि केसीले जानकारी दिनुभयो ।


खुलमा मछिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपिएफ फुटबल क्लब, न्युरोड टिम फुटबल क्लब, केपी ओली फुटबल क्लब, सङ्कटा फुटबल क्लब, ब्याक बुल्स फुटबल क्लब उज्वेकिस्तान र युनाइटेड ट्रान्सपोर्ट फुटबल क्लब भुटानले भाग लिँदै छन् ।

प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११ रुपैँया नगद ट्रफि, मेडल र प्रमाणपत्र पाउने छ । त्यस्तै उपविजेताले ५ लाख रुपैँया नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १ लाख तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उदीयमान खेलाडीलाई समान ५० हजार र प्लेयर अफ द म्याचलाई १५ हजार रुपैँयासहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै हरेक खेल विजेता टोलीलाई २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिता फागुन १७ गते समापन हुने छ । प्रतियोगिता अन्तर्गतका खेलहरू एन्फा फुटबल मैदान सातदोवाटो र दशरथ रंगशालामा हुने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय