प्यूठान । माण्डवी गाउँपालिका-२ रातापानीमा एक बृद्ध दम्पत्ति मृत फेला परेको घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ । शनिवार दिउसो बङ्गलाचुली नजिकै रातापानी लेक स्थित एक घरका दम्पती मृत फेला परेको सूचना पाएपछि पुगेको टोलीले अनुसन्धान जारी राखेको हो ।

६० वर्षीय रामबहादुर परियार र ५६ वर्षीया हुकुमा परियार घरको कोठाभित्र मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक निरन्जन रिजालले जानकारी दिनुभयो । घटनाको प्रारम्भिक अनुसन्धानमा दुवैको टाउको र शरीरका बिभिन्न भागमा चोट देखिएको छ ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिपेश बस्याल र प्रहरी निरीक्षक केशव केसी सहितको अनुसन्धान टोली घटनास्थलमै रहेको प्रहरी निरीक्षक रिजालले बताउनुभयो ।

घटनाको थप अनुसन्धानका लागि भैरहवाबाट तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान भइरहेको छ । शंकास्पद ब्यक्तिसंग प्रहरीले सोधपुछ पनि गरिरहेको जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय