प्यूठान । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले अघिल्लो चुनावमा भएको गठबन्धन गलत भएको बताउनुभएको छ । प्यूठानमा आयोजित आम सभालाई सम्बोधन गर्दै जिल्लामा नेपाली काङ्ग्रेसले राष्ट्रिय जनमोर्चाको गिलास चिन्हमा भोट हाल्नुपर्ने अबस्था प्रति उहाँले माफी माग्दै अबको निर्वाचनमा आफ्नै पार्टीको चुनाव चिन्हमा भोट हाल्ने पाईने बताउनुभयो । काङ्ग्रेसलाई केहि हजार भोट अपुग रहेको भन्दै त्यसका लागि खट्नु कार्यकर्तालाई आग्रह गर्नुभयो ।
उहाँले अहिलेको सरकारमा काङ्ग्रेस र एमालेको बराबर हैसियत भएको बताउनुभएको छ । महामन्त्री थापाले भन्नुभयो,”एमाले संग हामी बराबरको व्यबहार चाहन्छौं । न हामी एमालेलाई हेप्छौ न हामी एमालेबाट हेपिन्छौ ।”
अहिलेको सत्ता साझेदारीको अबधि ३ वर्ष बाकी रहेको भन्दै उहाँले यो अवधिमा सरकारले धेरै काम गर्न सक्ने बताउनुभयो । अहिलेको सरकारले केहि परिणाम दिने गरी काम गर्न खोजेको उहाँको भनाई छ । बिगतमा छोटो अवधीको सरकार लोकप्रिय बनेको उदाहरण दिदै अहिलेको सरकारले पनि छोटो समयमा धेरै काम गर्न सक्ने बताउनुभयो ।



S.K. Creative Media Group