सल्यान । सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रोल्पाको झ्यामबाट दमाचौर आउँदै गरेको रा १ क ५३० नम्बरको मिनी ट्रक गएराति ११ः५५ बजे जिल्लाको छत्रेश्वरी गाउँपालिका–१ फारुलेबोटमा दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ट्रक चालक रोल्पाको गंगादेब गाउँपालिका ३ का ३५ बर्षका हरी चन्द रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । ट्रक सडकबाट करिब ५० मिटर तल खसेको थियो । स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो ।
गम्भिर घाईते चालकलाई उपचारको लागि तत्काल जिल्ला अस्पताल सल्यान पठाइए पनि उनको उपचारको क्रममै आज बिहान ६ बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरिक्षक रशम बहादुर खत्रीले बताउनुभयो ।



S.K. Creative Media Group