प्यूठान । प्रगतिशील विवाह गरेर नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका उपाध्यक्ष धर्मलाल गिरी र केन्द्रीय सदस्य ईन्जिनियर रचना सापकोटाले विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ ।

गिरीले विहेमा अनावश्य खर्च गरेर पछि आफैलाई ऋनको भारी बोक्नु भन्दा सामान्य खर्चमा बिहे गरेको र बिहेमा बचेको पैसा सामाजिक कामको लागि अक्षयकोषको स्थापना गरेको बताउनुभयो ।

यसैबीच गिरीले प्यूठान नारिकोट स्थित श्री अमृत जीवन माध्यमिक विद्यालयमा रु १ लाख ११ हजार १ सय ११ रुपैयाका अक्षयकोषको स्थापना गर्नुभएको छ । सो विद्यालयबाट गिरीले विद्यालय स्तरीय शिक्षा हासिल गर्नुभएको थियो ।

उक्त अखकोषबाट प्रत्येक वर्ष गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति दिने बताउनुभयो । गत फागुन ८ गते नेकपा एमाले केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष एबम प्रधानमन्त्री केपी ओलीलाई प्रमुख अतिथि बनाउदै प्रगतिशिल विवाह भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय