प्यूठान । जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक केशव केसी उत्कृष्ट कर्मचारी छनौट हुनुभएको छ । प्रहरी निरीक्षक केसी माघ महिनाको उत्कृष्ट प्रहरी छनौट हुनुभएको हो ।
प्रहरी कर्मचारीहरूबाट सम्पादित कार्यको उचित मुल्याङ्कन गरी कार्यसम्पादनको स्तरमा प्रभावकारीता एवं थप हौसला प्रदान गर्ने उद्देश्यले महिनाको उत्कृष्ट प्रहरी घोषणा गर्ने गरिएको प्रहरीले जनाएको छ ।
“महिनाको उत्कृष्ट प्रहरी छनौट कार्यविधी -२०८१” अन्तर्गत उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई तीन पुस्ते अभिलेखमा जनिने गरी नगद पुरस्कार सहित प्रहरी नायव उपरीक्षक दिपेश बस्यालले बधाई तथा शुभकामना दिनुभएको छ ।



S.K. Creative Media Group