प्यूठान । मल्लरानी गाउँपालिकाले नि:शुल्क आँखा जाँच तथा चस्मा वितरण गरेको छ । प्राथमिक स्वास्थ्य केन्द्र खलंगामा आईतवार नि:शुल्क आँखा जाँच तथा चस्मा वितरण गरेको हो ।

शिबिरमा १०६ जना महिला र ८० जना पुरुषले सेवा लिएका थिए । जसमध्ये ८ जनामा मोतियाबिन्दु भेटिएको र थप उपचारका लागि रिफर गरिएको स्वास्थ्य शाखा प्रमुख पारश शाहीले बताउनुभयो । कार्यक्रममा ४० जनालाई चस्मा बितरण गरिएको उहाँले बताउनुभयो ।

नरेन्द्र गायत्री आँखा उपचार केन्द्र बिजुवारको प्राविधिक सहयोग तथा नेपाल नेत्रज्योति संघसंगको समन्वयमा शिविर गरेको पालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय