काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले ‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको आज लोकार्पण गर्नुभएको छ ।

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले लोकतन्त्र प्राप्तिका लागि गरेका अनेक सङ्घर्षदेखि मुलुकको समृद्धिका लागि देखाएका सपना र गरेका नेतृत्वदायी पहललाई केन्द्र राखेर सो पुस्तक तयार गरिएको हो ।

पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद, सामाजिक व्यक्तित्वहरुका लेख–रचनासमेत समावेश गरिएको छ । पत्रकार गणेश पाण्डेद्वारा सम्पादित सो पुस्तक अल्केमी प्रकाशनले गरेको हो । कार्यक्रममा प्रधानमन्त्री ओली, नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेललगायत सहभागीता थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय