काठमाडौं । बागलुङमा पनि भूकम्प गएको छ । म्याग्दीमा भुकम्प गएको तीन घण्टापछि आज बिहान बागलुङमा पनि भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर २० मिनेट जाँदा बागलुङको खुखानीलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।
भूकम्पको धक्का म्याग्दीसहित आसपासका जिल्लामा महसुस भएको बताइएको छ । पछिल्लो समय नेपालका विभिन्न क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प जानेक्रम बढेको छ । भुकम्पको क्षति बारे जानकारी आएको छैन ।



S.K. Creative Media Group