गुल्मी । बाँदर धपाउनका लागि राखिएको विजुलीको तारमा करेन्ट लागेर गुल्मीमा एक महिलाको मृत्यु भएको छ । करेन्ट लागेर मुसिकोट नगरपालिका–७ पल्टारकी ६० वर्षीया चन्द्रकला कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी राजन भुजेलले जानकारी दिनुभयो ।

मृतक कुमालका श्रीमान कर्णबहादुरले बाँदर धपाउनका लागि आफ्‌नै बारीमा विद्युत्तको तार जोडेको र काम गर्ने क्रममा चन्द्रकलालाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

 

घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक राजकुमार थापाको नेतृत्वको टोली त्यसतर्फ पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय