अर्घाखाँची । अर्घाखाँचीको शितगंगामा भएको बस दुर्घटनामा मृत्यु भएकाहरुको संख्या चार पुगेको छ । शितगंगा नगरपालिका –२, भुवनपाटामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । २७ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका –८ निवासी ५५ वर्षीय जमुना वस्याल, नवलपरासी पश्चिम भुमही बस्ने ४५ वर्षीया उमा न्यौपाने, न्यौपानेकी ६५ वर्षीय सासु आमा (नाम नखुलेको) र पश्चिम बर्दघाट बस्ने ५० वर्षीय चालक मदनकुमार विक रहेको प्रहरीले जनाएको छ ।

बस नवलपरासीको बर्दघाटबाट अर्घाखाँची भ्रमणमा आएको थियो । लु २ ख ३०३ नम्बरको पश्चिम नेपालको बस फर्किने क्रममा दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय