प्युठान । जिल्लाको झिमरुक गाउँपालिका-६, स्थित तोरवाङ्ग स्वास्थ्य चौकी नेटाका स्वास्थ्यकर्मीद्वारा जेष्ठ नागरिक र अपांग भएका व्यक्तिहरुको सहजताको लागि घरमै पुगेर स्वास्थ्य जाँच गर्ने काम शुरु भएको छ । बुधबार स्थानीय ८० वर्ष माथिका जेष्ठ नागरिक र ‘क’ र ‘ख’ वर्गमा पर्ने असक्त अपांग भएका व्यक्तिहरुको घरघरमा पुगेर स्वास्थ्यकर्मीद्वारा स्वास्थ्य जाँच, औषधि वितरण, परामर्श सेवा दिएको हो ।

अशक्त अपांग र जेष्ठ नागरिकको घरमै पुगेर प्रेसर, सुगर, दम, र अक्सिजनको मात्रा जाच्ने काम गरिएको तोरवाङ्ग स्वास्थ्य चौकी प्रमुख सुमित्रा थापा ढकालले जानकारी दिनुभयो ।

झिमरुक गाउँपालिका-६, स्थित अग्रेली, चिसावाङ्ग, घुम्नेठाटी र कुटिचौरका १२ जना जेष्ठ नागरिक र अपांगहरूलाई स्वास्थ्य जाँच, परामर्श सेवा तथा औषधि वितरण गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार खानपान सहित ब्यक्तिगत, घरायसी र बातावरणिय सरसफाइको बारेमा जानकारी गराइएको प्रमुख ढकालले बताउनुभयो ।

प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को लागि स्वीकृत “जेष्ठ नागरिक स्वास्थ्य उपचार कार्यक्रम” अन्तर्गत तोरवाङ्ग स्वास्थ्य चौकीद्वारा उपचार अभियान सुरु गरिएको हो ।

यो अभियान पालिकाका सबै वडाका गाउँ बस्तीका घरघरमा पुगेर स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने गरी कार्यक्रम शुरु भएको झिमरुक गाउँपालिकाले जनाएको छ । घरमै आफ्नै चौकोमा उपचार सेवा पाउँदा स्थानीय नागरिक खुशी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय