दाङ । तुलसीपुर-घोराही सडकखण्डमा चल्ने यातायातको साधनलाई टाइम कार्ड लागू गरिएको छ । तुलसीपुर-घोराही सडकखण्डमा चल्ने सवारी साधनलाई ७० मिनेटको ‘टाइम कार्ड’ लागु गरिएको हो ।

तुलसीपुर-नारायणपुरसम्म ४० मिनेट र नारायणपुर-घोराहीसम्म ३० मिनेटको समय तोकेर ७० मिनेटको ‘टाइम कार्ड’ लागु गरिएको हो ।

 

टाइम कार्ड सार्वजनिक बस, टिप्पर र ट्रकमा लागू गरिने छ । दाङमा बढ्दै गएको सवारी दुर्घटना न्यूनिकरणका लागि ‘टाइम कार्ड’ लागू गर्न थालिएको ट्राफिक प्रहरीले जनाएको छ ।

‘टाइम कार्ड’ हराएमा ५० रुपैयाँ र ‘टाइम कार्ड’ नियमको उलङ्घन गरेमा ५ सय देखि एक हजार रुपैयाँसम्म जरिवाना गरिने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर