दाङ । टिपरको ठक्करबाट दाङमा एक जनाको मृत्यु भएको छ। मंगलबार राति ८ बजे घोराही उपमहानगरपालिका-४ गोग्लीमा रहेको सगरमाथा सिमेन्ट उद्योगभित्र टिपरले ठक्कर दिँदा एक जना टिप्पर चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
रा १ क १२७८ नम्बरको टिपरले ठक्कर दिदा घोराही उप-महानगरपालिका-४ का ३० वर्षीय नारायण शर्माको मृत्यु भएको हो । शर्माको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको र त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले ठक्कर दिने सवारी चालक ३० वर्षीय बसन्त जिएमलाई पक्राउ गरिसकेको र घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । घटनापछि मृतकका आफन्तले क्षतिपूर्तिको माग गरेका छन ।