
घोराही । दाङको घोराहीमा पुलबाट खोलामा कार खस्दा एक जना घाइते भएका छन् । कार एक्कासि अनियंत्रित भएर पुलबाट खसेको हो ।
सोमबार राती करिव साढे नौ बजेघोराही–लमही सडकखण्डअन्तर्गत घोराहीको कटुवाखोला पुलबाट बागमती प्रदेश ०१–०२८ च ९८५५ नम्वरको कार पुलबाट खोलामा खसेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक जनकबहादुर मल्लले जानकारी दिनुभएको छ ।
चालकले मापसे सेवक गरेर गाडी चलाउँदा पुलमा अनियन्त्रित भएर कार खोलामा खस्दा ललितपुर महानगरपालिका–१५ बस्ने ४२ बर्षीय उज्वल केसी घाइते हुनुभएको प्रहरी नायव उपरिक्षक मल्लले जानकारी दिनुभएको छ । घाइते केसीको निधार र छातीमा चोट लगेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घाइते केसीको घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । गाडीमा चालक मात्र एक्लै भएका कारण गाडीमा क्षति भएपनि मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।