दाङ- दाङमा प्रहरीले विभिन्न लागु औषध सहित चार जनालाई पक्राउ गरेको छ । लागुऔषध ब्राउनसुगर र नाइट्राभेट ट्याब्लेटसहित चार जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय लमहीले लागुऔषध ब्राउनसुगर र ट्याब्लेटसहित चार जनालाई नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाएको प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिनुभयो ।

लमही नगरपालिका- ५ लमही बजार बाट लमही-३ बनगाउँ निवासी ३० वर्षीय प्रकाश वली र लमही नगरपालिका- ५ निवासी ५२ बर्षिय यमबहादुर बस्नेतलाई नाइट्राभेटसहित पक्राउ गरेको श्रेष्ठले जानकारी दिनुभयो ।

वलीको साथबाट १२ ट्याब्लेट र बस्नेतको घरमा रहेको १३५ नाइट्राभेट र ८ फाइलमा ६४ वटा क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ । उनिहरुलाई अनुसन्धान गर्न अदालतबाट ७ दिनको म्याद थप भएको छ ।

यसैगरी, लमही बसपार्कबाट दुई युवालाई समेत प्रहरीले लागुऔषध ब्राउन सुगर सहित नियन्त्रणमा लिइएको छ।

तुलसीपुर उपमहानगरपालिका-६ सुन्दरनगर निवासी १९ वर्षीय अरुण गाइन र सोही ठाउँ निवासी २२ वर्षीय सुदिप विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाइनको साथबाट ४ ग्राम १३० मिलिग्राम र विकको साथबाट २ ग्राम ५२० मिलिग्राम ब्राउनसुगर जस्तो खैरो रंगको डल्लो फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूका विरुद्ध लागुऔषध सम्बन्धि मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय