बागलुङ । जिल्लाको निसिखोला गाउँपालिका–६ स्थित जाउले पानीमा रात्रिबस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । सोमबार रुकुम पूर्वबाट काठमाडौँका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नं. को बस मध्यपहाडी लोकमार्ग अन्तर्गत जाउले पानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभएको छ ।

घाईतेको उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिनुभयो। घाइतेलाई उद्धार गरी उपचारका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको उहाँले जानकारी दिनुभयो।

बेलुकापख भइसकेकाले उद्धारको काममा कठिनाइ भए पनि प्रहरी र स्थानीयले उद्धारको कामलाई सक्रियताका साथ गरिरहेको डिएसपी केसीले जानकारी दिनुभयो ।

पश्चिम रुकुमबाट काठमाडौंका लागि छुटेको बस मध्यपहाडी लोकमार्गदेखि अन्दाजी एक सय ५० मिटर तल खोल्सामा खसेको प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो।

बसमा कति यात्रु थिए भन्ने यकिन नभएकाले मृतक र घाइतेको अन्तिम विवरण आउन बाकी रहेको प्रहरीको भनाइ छ। मृत्यु भएकाहरूको पहिचान खुल्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो । दुर्घटना बारे अनुसन्धान भैरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय