पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले अवैध भरुवा बन्दुकसहित ४६ वर्षीय लीलाबहादुर खत्रीलाई नियन्त्रणमा लिएको छ ।

रैनादेवी छहरा गाउँपालिका-४, ठुलीपँधेरा बस्ने खत्रीलाई अवैध रुपमा एक नाले भरुवा बन्दुक बोकेर हिँडिरहेको अवस्थामा शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

 

इलाका प्रहरी कार्यालय मुझुङबाट खटिएको गस्ती टोलीले भरुवा बन्दुकसहित फेला पारी नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । बन्दुकका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर