लमही । लमही नगरपालिका-३ वनगाउँमा दुईवटा बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा २४ जना घाइते भएका छन । दुर्घटनामा झिम्रुक गाउँपालिका-४ बस्ने २८ वर्षीया तुलसा बुढाथोकी घाइते हुनुभएको छ ।

घाईते मध्ये राप्ती गाउँपालिका-२ लालमटिया निवासी ७८ वर्षीया चन्द्र कमला थापा र रा १ ख २५८१ नम्बरको बस चालक गढवा गाउँपालिका-२ बस्ने ३८ वर्षीय लक्ष्मण थारूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर दुई जना गम्भीर, आठ जना मध्यम र १४ जना समान्य घाईते भएका छन । जसमध्ये आठ जनालाई उपचारका लागी भैरहवा पठाइएको छ ।

बुटवलबाट सुर्खेतका लागि छुटेको लु १ ख ७३३६ नम्बरको बस र तुल्सीपुरबाट बुटवलका लागि छुटेको रा १ ख २५८१ नम्बरको यात्रु बस एक आपसमा ठोकिएका थिए । दुर्घटनामा दुबै बसमा सवार यात्रु घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय