झिमरुक । झिमरुक गाउँपालिका-३ मा भलिबल प्रतियोगिता समापन गरिएकोछ । वडा कार्यालयको आयोजनामा सुरु भएको टोल स्तरिय भलिबल प्रतियोगिता शनिबार एक कार्यक्रमका बिच समापन गरिएको हो ।

प्रतियोगितामा प्रथम उन्नतिशील युथ क्लव झिमरुक-३ कोटफेरा, द्वितिय रोयल सिम्लेनी झिमरुक-३ सिम्लेनि र तृतीय परिवर्तनशिल युवा क्लव झिमरुक-३ ले हासिल गरेका छन् । बिजयी टिमलाई प्रथम, दोस्रो र तेस्रो हुने टिमलाई क्रमश ३२ हजार, २२ हजार र १२ हजार नगद र प्रमाणपत्र पालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री र वडा अध्यक्ष मीन बहादुर खत्रीले हस्तान्तरण गरिएको थियो ।

खेलकुद प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले प्रतियोगिताले खेलाडीको उज्ववल भविष्यसँगै खेल संस्कृतिको बिकास गर्न महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । उहाँले युवायुवतीलाई खेलकुदमा जोड्न सकेमात्र खेलकुदको विकास सँगसँगै युवायुवतीको समृद्धिको आधार बन्न सक्ने बताउनुभयो ।

वडा तहमा खेलाडी उत्पादन गर्न तथा पालिका, जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्न यो खेलकुद प्रतियोगिता फलदायी भुमिका खेल्ने बताउनुभयो।

वडा नम्बर ३ का वडा अध्यक्ष मीन बहादुर खत्रीको अध्यक्षयतामा भएको कार्यक्रमको प्रमुख अथिती गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको रहेको थियो । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्थानीय खेलप्रेमी, खेलाडी लगायतको उपस्थिति रहेको थियो ।

शुक्रबारदेखि सुरु भइ दुई दिन सम्म चलेको टोल स्तरीय भलिबल प्रतियोगितामा स्थानीय ९ खेलाडी टिमको सहभागिता रहेको आयोजकले जानाएको छ । स्थानीय स्तरमा खेल खेल्न पाउँदा स्थानीय खेलाडी उत्साहित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय