प्युठान । जिल्लाको माण्डबी गाउँपालिकाले एक वडालाई ‘शून्य होम डेलीभरी’ अर्थात “पूर्ण सुरक्षीत मातृत्व सेवायुक्त” वडा घोषणा गरेको जनाएको छ। बुधबार देवीस्थान स्वास्थ्य चौकीले गरेको एक कार्यक्रमका बिच माण्डबी गाउँपालिका-३, नयाँगाउँलाई ‘पूर्ण संस्थागत सुत्केरीयुक्त वडा’ घोषणा गरिएको हो।

उक्त कार्यक्रमको उद्घाटन गर्दै माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी (रोशन)ले आम नगरिकनलाई स्वास्थ्यको पहुँचमा लिएर स्वस्थ र असल नगरिक बनाउने अभियान भएकोले यो अभियान सफल बनाउन सबै नागरिकको भुमिका महत्त्वपूर्ण हुने भएकोले यो सेवामा जोडिन अग्रह गर्नुभयो। कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएको अधिकारीले स्वास्थ्य क्षेत्र नागरिकको अधिकार भएकोले सबैले स्वास्थ्य संस्थाबाट पाइने सेवा लिन आग्रह गर्नुभयो। वडा नं ३ को यो नतिजाले हामी सबैमा स्वास्थ्य सम्बन्धि चेतना जागरुक गरेको भन्दै पालिका अन्य सबै स्वास्थ्य संस्थाको स्तरवृद्धिको लागि पालिकाले काम गर्ने बताउनुभयो। सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा गरेर मात्र हुदैन उहाँले भन्नुभयो,”सबै नगरिकनले पूर्ण रुपमा व्यवहारमानै लागू गरे यो कार्यक्रमको औचित्य पुष्टि हुनेछ।” त्यसको लागि सबैको सहकार्य, एकता र समन्वय आवस्यक रहेको बताउनुभयो ।

त्यस्तै घरमा हुने सुत्केरीलाई निरुत्साहित गर्दै शुन्यमा झार्ने तथा सुरक्षित प्रसूतिलाई संस्थागत गर्दै त्यसको दिगोपनाको सुनिश्चितता कायम गर्नुपर्ने गाउँपालिका उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकीले बताउनुभएको छ। स्वास्थ्य संस्थामै पुगेर दक्ष स्वास्थ्यकर्मीबाट गुणस्तरीय सुत्केरी सेवा लिएमात्र आम नागरिकको मातृ तथा नवजात शिशुको मृत्युदरलाई घटाउन सहयोग पुग्ने उपाध्यक्ष कालाथोकीले बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाकाले स्वास्थ्य क्षेत्रमा गरेको कार्यको बरेमा जानकारी गराउदै प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले पूर्ण सुरक्षित मातृत्व सेवा प्रदान गर्न गाउँपालिकाले विभिन्न स्थानमा सामुदायिक स्वास्थ इकाई स्थापना, निशुल्क एम्बुलेन्सबाट सुत्केरी महिलाहरुलाई अस्पताल सम्म पुर्याइदै आएको यो कार्यक्रमले सुत्केरी महिला प्रत्यक्ष लाभान्वित भएको जानकारी दिनुभयो।

पूर्ण सुरक्षित मातृत्व घोषणा गर्न सबै गर्भवती र सुरत्केरी महिलाले स्वास्थ्य संस्थामा पुगेर विभिन्न नौ वटा सेवा लिएको हुनुपर्ने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ध्रुव पोख्रेलले बताउनुभयो। उहाँका अनुसार सुत्केरीले बच्चा गर्भमा रहेको समयदेखि चार पटक गर्भ जाँच भएको हुनुपर्ने बताउनुभयो । त्यस्तै आइरन चक्की खाएको, टिटानस विरुद्धको खोप लगाएको, स्वास्थ्य संस्थामा सुत्केरी भएको, बच्चा जन्मेपछि नाभी मलम लगाएको लगायत सेवा लिएको हुनुपर्ने पोख्रेलको भनाइ छ। सबै मापदण्ड वडाका सबै सुत्केरी महिलाहरुले पुरा गरेकोले पूर्ण संस्थागत प्रसुति सेवायुक्त वडा घोषणा गरिएको शाखा प्रमुख पोख्रेलले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले कार्यक्रमको निरन्तरताको लागि गाउँपालिका बासीको महत्त्वपूर्ण भुमिका रहने भन्दै यो सेवामा जोडिन सबैलाई आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा माण्डवी गाउँपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष बाम बहादुर बूढा, वडा ३ का वडा अध्यक्ष धनेन्द्र कार्की लगायतले मन्तव्य राख्नुभएको थियो।

माण्डबी गाउँपालिका-३ का वडा अध्यक्ष धनेन्द्र कार्कीको अध्यक्षता, पालिका अध्यक्ष नमराज अधिकारी प्रमुख आतिथ्यता र पालिका उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकीको बिशेष आतिथ्यता भएको कार्यक्रममा अनमी शान्ति जोशिको सन्चालन रहेको थियो। कार्यक्रममा देबिस्थान स्वास्थ्य चौकिका प्रमुख गिर बहादुर नेपाली प्रगति प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो। यो कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने महिला स्वयंसेबिका तथा कर्मचारीलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो। माण्डबीका ५ वडामध्ये वडा नम्बर २ र ४ लाई यस अधिनै पूर्ण सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा गरिसकेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय