प्युठान । ऐरावती गाउँपालिकामा चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको आयोजनामा बिहीबारदेखि चौथो राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको हो ।

ऐरावती गाउँपालिकाका वडा नंम्बर ५ झिबाङ स्थित खेलमैदानमा भएको प्रतियोगिताको उद्घाटन गाउँपालिकाका उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले खेलकुदले बालबालिकाको प्रतिभा पहिचानमा सहयोग पुग्ने बताउनुभयो । खेलकुद राष्ट्रको गौरव भएको बताउदै खेलले राष्ट्रियतालाई जर्गेन गर्ने बताउनुभयो ।

उदघाटन कार्यक्रममा ऐरावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्मा, ऐरावती गाउँपालिका वार्ड नम्बर ५ का वडा अध्यक्ष चन्द्रबहादुर रोका मगरले मन्तव्य राख्नुभएको थियो ।

प्रतियोगितामा छात्र,छात्राका लागि १४/१४ वटा खेल विधाको आयोजना गरिएको गाउँपालिकाका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख यम प्रसाद पाण्डेले जानकारी दिनुभयो । प्रतियोगितामा ऐरावती गाउँपालिकाभित्रका ७ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको उहाँले बताउनुभयो । पुष २६ गते बाट सुरु भएको खेलकुद प्रतियोगिता २८ गते सम्म संचालन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय