प्युठान । प्युठानको झिमरुक गाउँपालिका-६ स्थिति चिरायु माध्यमिक बिद्यालय चिसावाङको ६०औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । शुक्रबार चिसावाङ स्थित बिद्यालयको प्राङ्गणमा विभिन्न कार्यक्रमको आयोजना गरि ६० औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले सामुदायिक बिद्यालयको शैक्षिक सुधारमा अभिभावक, शिक्षक, विद्यार्थी र सबै सरोकारवाला निकायको सहकार्य आवश्यक रहेको बताउनुभयो । बिद्यालयको ६०औं वार्षिक उत्सव तथा अभिभावक दिवसको प्रमुख अथिती समेत रहनुभएको अध्यक्ष महतरा क्षेत्रीले शिक्षा क्षेत्रको शैक्षिक गुणस्तर कामय गर्न शिक्षक शिक्षिकाको अहम् भुमिका रहने भएकोले जिम्मेवार भएर पठनपाठन गर्नुपर्ने बताउनुभयो । समय अनुसार आफुलाई परिस्कृत गर्दै बिद्यालयको शैक्षिक गुणस्तर काय्म गर्न मन वचन र कर्मले लाग्न अनुरोध गर्नुभयो ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलले शिक्षण सिकाईलाई प्रभावकारी बनाउउदै विद्यार्थीको सिकाइ उपलब्धि हासिल गर्न सकिने बताउनुभयो । त्यसको लागि बिद्यालय ब्यवस्थापन समिती र बिद्यालय प्रशासनले अलि बढी अग्रसरतामा देखाउनुपर्ने बताउनुभयो । “शैक्षिक क्षेत्रमा देखिएका विकृति र विसंगति अन्त्य गर्दै शैक्षिक सुधार गर्न अभिभावकले सकारात्मक भुमिका निर्वाह गर्नुपर्ने हुन्छ,” उहाले भन्नुभयो, “शैक्षिक सुधार गर्न स्थानीय सरकार प्रतिबद्ध छौं।”

झिमरुक गाउँपालिका शैक्षिक आकडाले चिरायु माबी सबल र अग्रणी रहेको शिक्षा तथा खेलकुद शाखा प्रमुख मोहन बिसीले जानकारी दिनुभयो । बिद्यालयलाई अझै सबल र सक्षम बनाउन योजनाबद्ध रुपमा लाग्नुपर्ने बताउनुभयो ।


“अहिले बिद्यालयको भौतिक पुर्वाधार तथा शैक्षिक सुधार गर्नुपर्ने आवश्यकता छ,” उहाले भन्नुभयो, “त्यसको लागि गाउँपालिका र शिक्षा शाखाले समन्वय गर्न तयार छौं ।” बालबालिकाको घरनै पहिलो पाठशाला भएकोले अभिभावक जिम्मेवार भएर आफ्ना नानिबाबुहरुको ख्याल गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा चिरायु बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धुर्व जिसीले बिद्यालयको शैक्षिक गुणस्तर वृद्धि सँगै आर्थिक पक्ष समेत सबल देखिएको बताउनुभयो । उहाले ,शैक्षिक बिकासको लागि अभिभावक संग राम्रो सम्बन्ध स्थापित गर्ने तर्फ जोड दिनुपर्ने बताउनुभयो । गुणस्तर कायम गर्न पहल कदमी र सृजनशिलताको खाचो रहेको बताउनुभयो ।

सोही बिद्यालयमा कक्षा १० मा अध्यायनरत विद्यार्थी रेजिना केसीले बालबालिकाले शिक्षा प्राप्त गर्ने पबित्र थलो बिद्यालय प्रति सकारात्मक सोच राखेर अगाडि बढ्न सबै पक्षलाई आग्रह गर्नुभयो । बिद्यालयले दक्ष जनशक्ति उत्पादन गर्न सबै आयामहरुको खोजी गरेर काम गर्नुपर्नेमा जोड दिनुभयो । कक्षा १२ सम्मको शिक्षालाई सरकारले सर्वसुलभ जनमैत्री बनाउन पर्ने गर्न माग उहाँको थियो ।

राजनीतिक दलको तर्फबाट इन्द्रमणि पोख्रेल, वडा अध्यक्षहरुको तर्फबाट वडा नम्बर ७ का वडा अध्यक्ष कृष्ण बहादुर जिसी, बिद्यालयको तर्फबाट नेरामाबिका प्रधानाध्यापक बिनोद पोख्रेल, अक्षयकोष दाताको तर्फबाट उमानन्द पोख्रेल, लगाएतले मन्तव्य राख्नुभएको थियो ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिती झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको रहेको थियो । बिद्यालयको वार्षिक उत्सवमा बिशिष्ट अथितीको रुपमा गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेल र विशेष अथिती शिक्षा शाखा प्रमुख मोहन बिसीले गर्नुभएको थियो ।

कार्यक्रममा अक्षयकोषहरुको रकमबाट विभिन्न बिधामा शिक्षक शिक्षिका तथा विद्यार्थी र पुर्व बिद्यालय ब्यवस्थापन समितिकाका अध्यक्ष र सदस्य लगाएतलाई प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको छ । कार्यक्रममा बिद्यालयको प्रधानाध्यापक सीता पोख्रेलले वार्षिक प्रगति प्रतिबेदन र लेखापाल योगेन्द्र केसीले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा स्वागत इन्दिरा पौडेल र संचालन शिक्षक चित्रभानु रावत क्षेत्रीले गर्नुभएको थियो । उक्त कार्यक्रम विद्यार्थीले गित तथा नृत्य समेत प्रस्तुत गरेका थिए । सो कार्यक्रम अभिभावक विद्यार्थी सरोकारवाला बुद्धिजीवी समाजसेवी लगाएतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय