
घोराही । राप्ती इञ्जिनियरिङ कलेजले स्थापना दिवसको अवसरमा जिल्लास्तरिय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गरि सम्पन्न गरेको छ। शुक्रबार घोराही-१६ मा रहेको राप्ती इञ्जिनियरिङ कलेजको आयोजनामा भएको तेस्रो जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगितामा रोजी बड्सका छात्र ऋृषिकेश चौधरी, साहिल चौधरी र छात्रा स्वीकृति भुषालको टोली प्रथम भएको हो ।
यसैगरी प्रतियोगितामा दाङ भ्याली कलेजका छात्र पिताम्बर यादव, आयुष पोख्रेल र छात्रा एन्जिलिना डाँगीको समूह द्वितीय स्थान हासिल गर्यो भने गोर्खा स्कुल लमहीका विशाल अधिकारी, निरज शर्मा र छात्रा उपासना आलेको टिमले तृतीय स्थान हासिल गर्न सफल भएको कजेजले जनाएको छ। प्रतियोगितामा सान्त्वना गोर्खा तुलसीपुरका छात्र रिजोन बस्नेत, शिवराज वली र छात्रा अप्रेना केसीको टोलीले हासिल गरेका थिए।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यालयका विद्यार्थीहरुलाई क्रमशः नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको राप्ती इञ्जिनियरिङ कलेज प्रिन्सिपल रेशम गिरीले जानकारी दिनुभय। प्रतियोगितामा दाङ जिल्लाका १५ वटा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो।
कलेजका व्यवस्थापन समितिका अध्यक्ष डा. भिमसेन गिरीले प्रतियोगिताको पानसमा दिपप्रजोलन गरि उद्घाटन गर्नुभएको थियो। उद्घाटन गर्दै डा. गिरीले शैक्षिक क्षेत्रको बिकासमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । विद्यार्थीको सीप बिकासमा यो कार्यक्रमले फाइदा पुग्ने बिश्वास ब्यक्त गर्नुभयो। त्यस्तै घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख विनोद गौतमले विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्नका लागि हाजिरी जवाफ जस्ता प्रतियोगिताले विद्यार्थीहरुको अतिरिक्त क्रियाकलापमा चौतर्फी सहयोग पुग्ने बताउनुभयो । अतिरिक्त क्रियाकलापका कार्यक्रमलाई थप महत्त्व दिएर बिद्यालयहरुले तालिकानै बनाएर विद्यार्थी माझ लैजानुपर्ने बताउनुभयो ।
कार्यक्रममा कलेजका प्रिन्सिपल रेशम गिरी, आदर्श मावि देउपुरका शिक्षक वसन्तराज अधिकारी गोर्खा स्कुल तुलसीपुरका विज्ञान कोर्डिनेटर विष्णुप्रसाद भण्डारी, गुरु जरुर मावि तुलसीपुरका विज्ञान विषयका कोर्डिनेटर चन्द्र बहादुर केसी, गोर्खा स्कुल घोराहीका विज्ञान विषयका शिक्षक थम्मन बस्नेत लगाएतले मन्तव्य राख्नुभएको थियो।
कलेजले बिगत तीन वर्षदेखि निरन्तर रुपमा जिल्लास्तरीय हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ । कार्यक्रममा कलेजका विद्यार्थीहरुले विभिन्न नृत्यहरु प्रस्तुत गरेको थिए । कलेजका व्यवस्थापन समितिका अध्यक्ष डा. भिमसेन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा कलेजका डाइरेक्टर मधुसूदन वैद्यको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सञ्चालन कलेजका आइटी विभाग प्रमुख विश्ववन्धु थापाले गर्नुभएको थियो ।