दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवालाई छिटोछरीतो र भरपर्दो र ब्यवस्थित बनाउने उदेश्यले टोकन प्रणाली सुरु भएको छ । प्रतिष्ठानका उपकुलपति डा. विकास लामीछानेले रिवन काटेर टोकन प्रणालीको सुरुवात गर्नु भएको हो ।
उपकुलपति डा. लामीछानेले सेवालाई ब्यवस्थित र छिटो छरीतो बनाउन टोकन प्रणालीले सहयोग पुग्ने बताउनुभयो । उहाँले अवदेखी विरामिको पालो मिचिने गुनासो पनि अन्त्य हुने बताउनुभयो ।
अस्पतालमा उपचारका लागि आउने विरामीहरुले अवदेखी आफुले लिन चाहने सेवा ओपिडि, स्वास्थ्य विमा र विलिङ काउन्टरका लागि नाम दर्ता गरी टोकन लिई बस्नुपर्ने छ । प्रतिष्ठान स्थापना भएपछि पहीलोपटक टोकन प्रणलि लागु गरीएको अस्पतालका सुचना अधिकारी निशानदाजु भट्टराइले बताउनुभयो । भट्टराइले अस्पतालको सेवा लिनका लागि सुरुमा टोकन लिई पालो कुर्न र कुनै कारणवस पालो कटेमा नयाँ टोकन लिएर नयाँ पालो कुर्नुपर्ने जानकारी दिनुभयो ।
टोकन प्रणालि उद्घाटन कार्यक्रममा प्रतिष्ठानका कामु निर्देशक डा. रमेश कडेलसहीत विभिन्न विशेषज्ञ चिकित्सक, नर्स, स्वास्थ्यकर्मि, अस्पतालका कर्मचारीहरु र लक्ष्मी बैँक घोराही र सिद्धार्थ बैँक घोराहीका बैँक म्यानेजरहरुको उपस्थिती रहेको थियो । टोकन प्रणालि जडित मेसिन घोराही स्थित सिद्धार्थ बैँकले सौजन्य गरेको छ भने लक्ष्मी बैँक घोराहीले ६ वटा काउण्टरको लागि डिजिटल वोर्ड र एनाउन्सका सामग्री सहयोग गरेको छ ।