रुपन्देही । रुपन्देहीको भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि कार र मोटरसाइकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ । आइतबार साँझ भएको उक्त सडक दुर्घटनामा रुपन्देहीको मझगांवा मालपोत कार्यालयका मालपोत प्रमुख तिलक रावतको ज्यान गएको हो ।

भैरहवाबाट बनगाइतर्फ गइरहेको बा २१ च ७५५३ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०२–००१ ब ४८० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

मृत्यु हुनेमा रुपन्देही मझगावास्थित मालपोत कार्यालयका प्रमुख ४२ वर्षीय तिलक बहादुर रावत रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतक रावत रुकुमको मुसिकोट नगरपालिका–१ घर भइ हाल रुपन्देहीको मालपोत कार्यालयमा कार्यरत हुनुहुन्थ्यो ।

कार चालक लुम्बिनी सांस्कृतिक नगरपालिका-३ का ५३ वर्षीय अलाउद्दिन मुसलमानलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर