बहाने । प्यूठानको नौबहिनी गाउँपालिकाले आज कोजाग्रत पूर्णिमामा एक दिन सार्वजनिक बिदा दिएको छ। पालिकाको असोज ३० गते बसेको अध्यक्ष स्तरको बैठकको निर्णयानुसार कात्तिक १ गते बिहीवार आज पालिकाभरका सरकारी कार्यालय, बिद्यालयमा बिदा दिइएको हो ।
आज कात्तिक १ गते कोजाग्रत पूर्णिमाको अवसर पारेर पालिकाभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्थामा स्थानीय बिदा दिइएको एक सूचना प्रकाशन गर्दै कार्यालयले जानकारी दिएको छ । कोजाग्रत पूर्णिमा यस क्षेत्रमा विभिन्न सराँय मेला तथा सांस्कृतिक कार्यक्रम हुने गर्दछन । आज ऐतिहासिक महत्त्व रहेको माक्रे मन्दिर परिसरमा सराँय मेला तथा विविध सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिएको छ ।