प्यूठान । प्यूठानको माण्डवी गाउँपालिकामा कार्यरत कर्मचारी घनश्याम अधिकारीको निधन भएको छ। जिल्लाको माण्डवी गाउँपालिका-२ का वडा सचिव समेत रहनुभएका अधिकारीको राप्ती प्रादेशिक अस्पताल दाङ घोराहीमा उपचारको क्रममा बिहीवार राति निधन भएको हो ।

बिहीवार राति एक्कासी अधिकारीलाई चक्कर आएपछि उपचारका लागि दाङको घोराहीस्थित राप्ती प्रादेशिक अस्पताल लगिएको थियो । अस्पताल पुगेलगत्तै उहाँलाई अस्पतालका चिकित्सकले मृत घोषणा गरिएको थियो।

माण्डवी गाउँपालिकाको वडा नम्बर २ स्थित रातापानीको स्थायी बासी ५५ वर्षीय अधिकारीलाई मधुमेह (सुगर) रोगको सामान्य समस्या रहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय