प्यूठान ।प्यूठान उद्योग वाणिज्य संघ,प्यूठान नगर बजार क्षेत्रकाे २०औं साधारणसभा तथा सातौ अधिबेशनले नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । शनिबार सम्पन्न अधिबेशनले अध्यक्षमा प्रशुजता अधिकारीलाई सर्वसम्मत चयन गरेको हो।
जसको उपाध्यक्षमा जीवन सुनार, सचिब बिष्णु प्रसाद न्यौपाने र काेषाध्यक्षमा सरस्वती खनाल पराजुली सर्वसम्मत निर्वाचित गरेको निर्वाचन समितिले जनाएको छ। त्यस्तै सदस्यहरुमा बिस्नु गिरी, शंम्भु श्रेष्ठ, पंकज जिसी र सुपाल नाथ याेगीलाई चयन गरेको छ।
अधिबेशनले हरि विएम, टुकलाल न्याैपाने र कमल पाैडेललाई जिल्ला प्रतिनिधिमा चयन गरेको निर्वाचन समितिका संयोजक प्रमोद पोख्रेलले जानकारी दिनुभयो ।



S.K. Creative Media Group